FLASH NEWS

भक्तपुरमा वाल तपस्वीनीको संकल्पमा महायज्ञ


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १५:२१ मा प्रकाशित ३४९ पाठक संख्या

भक्तपुर, १८ चैत । भक्तपुरको प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरमा रहेको मूर्ति मर्मत गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ श्री गणेश पुरान महायज्ञ सुरु भएको छ । सूर्यविनायकको गणेश भगवानको शिरमा रहने क्षेफको मूर्ति मर्मतका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गरिएको हो । महायज्ञ २० गतेसम्म चल्ने जनाइएको छ ।


सूर्यविनायक गणेश मन्दिर परिसरमै महायज्ञ भइरहेको हो । वाल तपस्वीनी माता श्री भुवनेश्वरीको सत संकल्पमा महायज्ञ भइरहेको हो । वाचन प्रविण पण्डित श्री अचयतुप्रसाद खनालको मुखारविन्दवाट वाचन भइरहेको छ ।

 

महायज्ञको क्रममा प्रत्येक दिन बिहान दसबजेदेखि १२ बजेसम्म गणेश पुराण वाचन भइरहेको हो । दिउँंसो दुईबजेदेखि चार बजेसम्म संगीतमय गणेश पुरान प्रवचत भइरहेको छ । साँंझ सात बजेदेखि ९ बजेसम्म महात्मय भजन कीर्तिन हुने कार्यक्रम भइरहेको हो । चैत २० गते तिल अर्पण, पूर्णाहुति लक्ष्य वतीका महाप्रसादी समापन हुने आयोजक श्री गणेश पुराण मूल आयोजक समितिले जनाएको छ । कार्यक्रमको संकल्पकर्ता माता भुवनेश्वरी लक्ष्मी रहेकी छिन् ।

महायज्ञमा आर्थिक संकलन हुने कार्य पनि निरन्तर जारी रहेको छ । स्थानीय तथा विभिन्न ठाउँंहरुबाट आएका भक्तजनहरुबाट गच्छेले भ्याए अनुसार सहयोग प्राप्त भइरहेको जनाइएको छ ।

स्थानीय यज्ञबहादुर कार्कीले आफूले सकेको पाँंच हजार एक रुपैयाँं दान गरेको बताए । मन्दिरको मूर्ति मर्र्मत गर्ने उच्च काम रहेकाले सहयोग प्रदान गरेको उनले बताए । मन्दिरभित्रको गणेश भगवानको शिरमा रहने क्षेफको मूर्ति मर्मतका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गरिएको हो ।