FLASH NEWS

केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार ०९:१७ मा प्रकाशित २८९ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार चैत २० गते सो ट्रेजरी बिल जारी हुने छ। यस ट्रेजरी बिलका लागि सोमबार(आज) दिउँसो ३ बजे बोलकबोल हुनेछ।


केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असार १९ गते परिपक्व हुने बैंकले जनाएको छ। साथै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असोज १५ गते परिपक्व हुनेछ।

बैंकले ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।