FLASH NEWS

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार १४:३३ मा प्रकाशित ३६७ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लिराज भट्टले चैत २७ गते अपराहन्न ३ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन् ।


बुधबार प्रदेश प्रमुख भट्टले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई नयाँ सरकार गठन गर्न सात दिनको समय दिएका हुन् ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा ९२० अनुसार नै सरकार गठनको लागी दलहरुलाई अवसर दिएका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा ९३० अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।