FLASH NEWS

सिडनी एअरपोर्टमा कपमा पिशाब फेर्नेलाइ ६ सय अष्ट्रेलियन डलर जरिवाना


नेपाल आवाज २४ चैत्र २०८०, शनिबार ०७:०२ मा प्रकाशित ८५३ पाठक संख्या

सिड्नी । एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाव फेरेको भन्दै जरिवाना गरिएको छ । आफ्नो उडान सिडनी आइ पुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती ब्यक्तिलाइ जरिवाना गरिएको हो ।


‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टा पछि भएको हो,’ अधिकारीहरूले शुक्रबार भने । उनका अनुसार सिड्नीको अदालतले फेब्रुअरीमा आक्रामक व्यवहारको लागि ५३ वर्षीय ६०० अष्ट्रेलियन डलर जरिवाना गराएको हो ।

घटना शुक्रबार मात्रै सार्वजनिक भएको थियो । न्यूजील्याण्ड समाचार वेबसाइट स्टफले यो घटनाका बारेमा लेखे पछि बल्ल मानिसहरूले सार्बजनिक रूपमा थाहा पाएका थिए । सो वेभसाइटका अनुसार उनीसँगै बसेकी यात्री हाउलीले विमान चालक दललाई उनको यो हर्कतका बारेमा रिपोर्ट गरेकी थिइन् ।

झ्यालको सिटमा बसेको व्यक्तिले कपमा पिसाब गरेका थिए, जबकी सोही लहरको सिटमा हाउली र उनकी १५ वर्षीया छोरी पनि रहेकी थिइन् । ती अभियुक्त पुरुष यात्रुको नाम भने खुलाइएको छैन ।

हाउलीले भनिन कि विमान सडकमा करिब २० मिनेटको लागि टर्मिनल गेट छुट्याउन पर्खिएको थियो, सोही बेला ती यात्रुले कपमा पिसाब गरेको स्पष्ट आवाज सुनेकी थिइन । स्टफमा प्रकाशित समाचार अनुसार  ती व्यक्ति एकदमै नशालु थिए र विमानबाट बाहिर निस्कँदा एक उडान परिचरमा पिसाबसमेत छरिदिएका थिए।

यस्तै, २४ अप्रिल २०२३ मा न्युयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा सँगैका यात्रुलाई अर्का एक ब्यक्तिले पिसाब गरिदिएको घटना सार्बजनिक भएको थियो, जहाँ एक महिलाको शरिर माथी अर्का ब्यक्तिले पिशाव फेरिदिएका थिए ।