FLASH NEWS

आइपिएलमा चेन्नईको लगातार दोस्रो हार


नेपाल आवाज २४ चैत्र २०८०, शनिबार ०७:१० मा प्रकाशित ७५१ पाठक संख्या

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।


गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो ।

यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने चेन्नईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । यस अघि दिल्लीसँग हारेको चेन्नईको यो लगातार दोस्रो हार हो ।