FLASH NEWS

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन गरिदैँ


नेपाल आवाज २४ चैत्र २०८०, शनिबार ०७:४८ मा प्रकाशित ८८९ पाठक संख्या

काठमाडौं। उप निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ । आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो ।


निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । इलाममा संघीय संसदका लागि र बझाङमा प्रदेश संसद सदस्यका लागि निर्वाचन हुदैँछ ।