FLASH NEWS

शाहरूख खानले मन्नतकाे बाहिर उभिएर दिए इदकाे शुभकामना


नेपाल आवाज ३० चैत्र २०८०, शुक्रबार ०६:३२ मा प्रकाशित ७५१ पाठक संख्या

मुम्बइ। अप्रिल ११ मा विश्वभर इद मनाइयो । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद अल फित्र मनाइन्छ।


इद उल फित्रको अवसरमा मिठा परिकार र सेरा बनाउने चलन छ । यस दिन मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईदको शुभकामना दिन्छन्। यस दिन मानिसहरूले एकअर्कालाई सहयोग पनि दिन्छन्।

यस ईदमा शाहरुख खानले पनि आफ्ना फ्यानहरुलाई ईद दिएका थिए । हरेक पटक जस्तै यस पटक पनि बलिउडका बादशाह शाहरुख खानले आफ्ना फ्यानहरुलाई ईदको शुभकामना दिएका छन् ।

आफ्ना मनपर्ने कलाकारको एक झलक पाउन बिहानै देखि फ्यान मन्नतबाहिर उभिएका थिए । करिब ४ बजे शाहरुख आफ्नो कान्छो छोरासँग मन्नतको बालकनीमा पुगे ।

हरेक वर्ष झैं शाहरुख खानका फ्यानहरु उनको मुम्बईस्थित घर मन्नत बाहिर उनको एक झलक पाउन भेला भएका थिए । अभिनेताले सामाजिक सञ्जालमा यसको एक झलक शेयर गरेका छन् । शाहरुख खानले फ्यानसँग भेटेको भिडियो शेयर गर्दै बाहिर आएका सबैलाई ईद मुबारकको शुभकामना दिएका छन् ।