FLASH NEWS

गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु


नेपाल आवाज ३० चैत्र २०८०, शुक्रबार ०७:३२ मा प्रकाशित २११९ पाठक संख्या

टोकियो । अमेरिकामा जन्मेका पूर्व सुमो कुश्ती च्याम्पियन अकेबोनोको निधन भएको छ । उनको परिवारले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टी गरेको हो ।


अन्य विदेशी सुमो रेस्लरहरूको लागि प्रेरणादायी मानिने ५४ वर्षीय ती खेलाडीकोृ जापानको एक अस्पतालमा हृदयघातका कारण मृत्यु भयो।

हवाईमा चाड जर्ज हाआहेओ रोवानमा जन्मेका अकेबोनो पहिलो गैर जापानी योकोजुना बनेका थिए, जो एक सुमो ग्रान्ड च्याम्पियनसमेत हुन् । सो बिधाको खेलकुदमा उनी उच्चतम श्रेणीका खेलाडी मानिन्थे ।

‘यो दुःखका साथ हामी घोषणा गर्दछौं कि टोकियो क्षेत्रको अस्पतालमा हेरचाह गर्ने क्रममा अकेबोनो तारोको यस महिनाको सुरुमा हृदयघातका कारण मृत्यु भयो,’ उनको परिवारले जापानमा अमेरिकी सेनामार्फत एक विज्ञप्तिवाट भने ।

उनले ६४ औं योकोजुनाको रूपमा सुमो बूमको नेतृत्व गरे र ११ च्याम्पियनशिप जित्नेसहित धेरै उपलब्धिहरू हासिल गरेका थिए,’ जारी बिज्ञप्तिमा भनिएको छ । उनले सन २००१ मा सुमोबाट अवकाश लिए।

जापान सुमो एसोसिएसनका अनुसार अकेबोनोलाई सन २०१७ मा कुस्ती खेलपछि अस्पताल लगिएको थियो र त्यसयता उनी अस्वस्थ थिए। उनका श्रीमती, छोरी र दुई छोरा रहेका छन् ।