FLASH NEWS

भीम रावलको टिप्पणी- सुदूरपश्चिममा सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित


नेपाल आवाज २ बैशाख २०८१, आईतवार १८:३५ मा प्रकाशित १३०३ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित भएको टिप्पणी गरेका छन् ।


सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबि पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । नेता रावलले यस्तै कृत्य संघियताको मानक हो भने संघियताको औचित्य नभएको बताएका छन् ।

उनले भनेका छन्-  कोशी प्रदेश पछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्तास्वार्थको खेल (दुईजनाको मुख्यमन्त्रीमा दावी र एक दलका सदस्यको दुईतिर समर्थन !) संविधानको मर्म र जनताको आकाङ्क्षा विपरीत छ । यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !