FLASH NEWS

साइप्रासकाे घाेषणाः सिरयालीलाई अब शरणार्थी मान्यता दिन सकिदैन्


नेपाल आवाज ३ बैशाख २०८१, सोमबार १०:०८ मा प्रकाशित १०५७ पाठक संख्या

साइप्रस । साइप्रासले सिरयालीलाइ शरणार्थीको मान्यता नदिने भएको छ । यस महिना सिरियाली शरणार्थीको आगमनमा तीव्र वृद्धि भएपछि साइप्रसले उनीहरूको शरण आवेदनको प्रक्रियालाई स्थगन गरेको घोषणा गरेको हो ।


मध्यपूर्वमा गहिरो तनावको बीचमा यस महिना मात्रै लेबनानबाट डुङ्गामा १ हजार भन्दा बढी व्यक्ति साइप्रस आइपुगेका थिए । युरोपियन युनियन साझेदारहरूलाई लेबनानलाई सहयोग थप गर्नका साथै युद्धग्रस्त सिरियाको स्थितिमा पुनर्विचार गर्न आग्रह गरेको छ, जुन हाल शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्न असुरक्षित मानिएको अवस्था छ ।

‘यो एक आपतकालीन उपाय हो, यो साइप्रसको हितको रक्षा गर्न गाह्रो निर्णय हो,’ साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिड्सले  पत्रकारहरूलाई भने।साइप्रस, इयुको सबैभन्दा पूर्वी राज्य र मध्य पूर्वको सबैभन्दा नजिक पर्दछ । लेबनान वा सिरियाको किनारबाट लगभग १६० किमी पश्चिममा अवस्थित छ।

यसले यस वर्षको पहिलो तीन महिनामा २ हजार भन्दा बढी समुद्री आगमन रेकर्ड गरेको छ, जुन २०२३ को सोही अवधिमा मात्र ७८ थियो।