FLASH NEWS

माइक्रो बस दुर्घटना,१९ जना घाइते


नेपाल आवाज ८ बैशाख २०८१, शनिबार १४:१६ मा प्रकाशित ६४३ पाठक संख्या

धनकुटा ।  धनकुटामा गएराती माईक्रो बस दुर्घटना भएको छ । काठमाण्डौबाट संखुवासभा  तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं काे माईक्रो बस राती २:१५ बजे तिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परि १९ जना घाईते भएका  छन् । उनिहरु सबैको उद्दार गरि  ९ जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।  उनिहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ  ।

घाईते मध्ये केहीको उपचार पछि डिस्चार्ज भईसकेको मुलघाट प्रहरी चौकीले जनाएको छ । अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको माईक्रो बस निकाल्ने प्रयास भईरहेको छ ।