FLASH NEWS

आज सुनको मुल्य कति पुग्यो ?


नेपाल आवाज १६ बैशाख २०८१, आईतवार १२:५४ मा प्रकाशित ३५५ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ४ सयले बढेर १ लाख ३७ हजार ६०० मा कारोबार भइरहेको छ ।


त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १६ सय ७५ मा कारोबार भएको थियो ।