FLASH NEWS

टिकटक स्टारको गोली हानी हत्या


नेपाल आवाज १६ बैशाख २०८१, आईतवार १३:१४ मा प्रकाशित ५५३ पाठक संख्या

काठमाडौँ । उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ ।


उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ ।

हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर गरेको थियो । भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सावदीको घटनास्थलमै हत्या गरेको देखिन्छ ।

इराकका आन्तरिक मन्त्रीले अज्ञात आक्रमणकारीहरूले सामाजिक सञ्जालमा परिचित महिलाको हत्या गरेको जानकारी दिदै विशेष कार्य टोली गठन गरेको जानकारी दिएका छन् ।

फाहद टिकटकमा निकै लोकप्रिय रहेकी थिइन् । टिकटकमा उनले आफैंलाई फिटिंग कपडामा पप संगीतमा नाच्ने भिडियोहरू साझा गर्ने गर्दथिन । उनलाई इराकको अदालतले अश्लील र अभद्र भाषा भएको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लङ्घन गर्ने धेरै फिल्म र भिडियोहरू निर्माण र प्रकाशन गरेको आरोप लगाउदै छ महिनाको जेल सजाय सुनाइएको थियो ।