FLASH NEWS

एसएसपी रजौरेले सम्हाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी


नेपाल आवाज १६ बैशाख २०८१, आईतवार १९:११ मा प्रकाशित ५६५ पाठक संख्या

काठमाडौं – प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हालेका छन् ।


मन्त्रीस्तरीय निर्णयबाट अपराध अनुसन्धान विभागबाट काठामडौंको एसएसपीमा सरुवा भएका रजौरेले आइतबार जिम्मेवारी सम्हालेका हुन् ।

गत शुक्रबार मात्रै रजौरलाई काठमाडौंको एसएसपीमा सरुवा गरिएको थियो । आइतबार नै रजौरेको ठाउँ अपराध अनुसन्धान विभागमा सरुवा भएका एसएसपी भुपेन्द्र खत्रीको पनि बिदाई गरिएको छ ।

८ महिना परिसर काठमाडौंको जिम्मेवारी सम्हालेका खत्रीको शुक्रबार नै रजौरेको ठाउँमा सरुवा गरिएको थियो ।