FLASH NEWS

गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु


नेपाल आवाज ३० बैशाख २०८१, आईतवार १९:३१ मा प्रकाशित १७४७ पाठक संख्या

हुम्ला, । गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ। आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्र्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो।


ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा जिल्ला अस्पतालमा सिमकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार घट्नास्थलबाट दिउँसो १:१० बजे जिल्ला अस्पतालमा उपचारका लागि ल्याएकी बोहोराको उपचार गर्दा गर्दै दिउँसो साढे ४ बजे मृत्यु भएको हो। ट्र्याक्टर र चालकलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ।