FLASH NEWS

प्रि ओपन सेसनमा १० अंक बढ्यो नेप्से


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार ११:३८ मा प्रकाशित ३९१ पाठक संख्या

काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ। नेप्सेमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ।


सोमबार प्रि ओपन सेसनमा ४७ स्टकको १० लाख ९१ हजार ३०२ रुपैयाँबराबरको २ हजार २०२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३४ कम्पनीको मूल्य बढेको छ भने ११ को मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।