FLASH NEWS

गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार २०:०२ मा प्रकाशित ६६७ पाठक संख्या

काठमाडौँ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।


न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलाशले सोमवार उक्त रिट खारेज गरिदिएको हो ।

नेपाली कांग्रेसका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिएको उक्त रिटमा यसअघि मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन महत्त्वको निर्णय नगर्नु/नगराउनु भनि आदेश भएको थियो ।

अधिकारीको नियुक्ति बदर गरी आफूलाई नै कामचलाउ मुख्यमन्त्रीको रूपमा कायम गर्न माग गर्दै पाण्डेले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम अधिकारीलाई २०८० चैत २५ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अधिकारी एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।