FLASH NEWS

एकैदिन २७ सयले घटयो सुनको मुल्य


नेपाल आवाज १९ बैशाख २०८१, बुधबार ११:१६ मा प्रकाशित ४६३ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ ।


त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।