FLASH NEWS

अवैध रुपले ल्याउदै गरेको ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद


नेपाल आवाज १९ बैशाख २०८१, बुधबार १२:३८ मा प्रकाशित ४४५ पाठक संख्या

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका- ७ गौरिगाउँ र सालघारीस्थित मकैवारीबाट बैशाख १८ गते करीव ३८ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको  छ ।


भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले बरामद गरेको हो । बरामद लत्ताकपडा मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।