FLASH NEWS

जीबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा पत्राचार


नेपाल आवाज १ जेष्ठ २०८१, मंगलवार १३:०६ मा प्रकाशित ४६९ पाठक संख्या

 


१ जेठ, काठमाडौं । प्रहरीले सहकारी ठगि प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार जीबी राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको जनाएको छ ।राईले विभिन्न कास्की, रुपन्देहीलगायत जिल्लामा सहकारीको रकम हिनामिना गरेको भन्दै उजुरी परेको छ ।