FLASH NEWS

ठूलो पहिरो, १०० भन्दा बढीको मृत्यु भएको आशंका


नेपाल आवाज ११ जेष्ठ २०८१, शुक्रबार १६:५४ मा प्रकाशित ८५३ पाठक संख्या

काठमाडौँ । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ । मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १०० भन्दा बढी हुनसक्ने आशंका गरिएको छ ।


अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १०० जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध नभएको बताइएको छ ।

पपुवा न्यूगिनीको इन्गा प्रदेशको काओकलाम गाउँमा सो पहिलो गएको हो । पहाडमा राति पहिरोका कारण मानिस सुतेको बेला घरहरु ध्वस्त भएको रिपोर्टमा बताइएको छ ।