FLASH NEWS

ममी डान्स-३ मनिषालाई


नेपाल आवाज २७ श्रावण २०८१, आईतवार १९:३३ मा प्रकाशित २४१ पाठक संख्या

प्रेरणा नेपाल


भैरहवा, साउन २७  । मम्मी डान्स आइडल सिजन थ्रि को उपाधि मनिषा सर्माले हात पारेकी छन । हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवा द्वारा आयोजि मम्मी डान्स आइडल सिजन थ्रि को फाइनलमा १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उनी प्रथम भएकी हुन् । उनलाई २० हजार नगत, प्रमाण पत्र र वाटर डिस्पेंसर सहित थुप्रै गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।

मंगलापुरकी चेली मनिषा सर्मालाई परिवारमा एक दिदिको मात्र सपोर्ट रहेको र उपस्थित सबै दर्शकरुको मायाले उनले जित हात पार्न सफल भएकी हुन । उनको जितले सबैलाई निकै भाबुक बनाएको थियो । आमाहरुको सपना र एक गृहणी भएर पनि यसरी आफ्नो सपना पुरा गर्ने उर्जा लिएर आएकी सर्माको जित सबैमा प्रेरणाको श्रोत बन्न पुग्यो ।

यसैगरी उपबिजेता भैरहवा कि आभा मल्ल भएकी हुन । उनले १५ हजार नगद सहित प्रमाणपत्र र गिफ्टह्याम्पर प्रदान गरिएको थिायो । यसैगरी तेस्रो स्थानमा बुटवलकी दुर्गा राना रहेकी छन । उनले १० हजार नगद सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेकी हुन् । दर्शकको राजाईमा भने मंगलापुर सेमराकी रेनु गुरुङलाई ५ हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर दिइएको थियो ।

भारतको सिल्लिगुडीबाट बरिष्ठ नृत्याङगना पन्नु गजमेर, पूर्व मिसनेपाल सुगारिका केसी र  कोरियोग्राफर मुकेश गुरुङ जजमेन्टमा उनिहरुलाई प्रथम दोश्रो र तेश्रो को स्थान दिइएको थियो । कार्यक्रमको संचालन दुर्गा गुरुङले गर्नु भएको थियो। फाइनलमा रुपन्देही, कपिलबस्तु, चितवन लगाएतका जिल्लाबाट र प्रदेश बाहिरबाट पनि प्रतियोगिहरुको सहभागीता रहेका थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो भने हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवाका प्राचार्य तथा आयोजक रचना क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।