FLASH NEWS

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो


नेपाल आवाज २७ श्रावण २०८१, आईतवार २०:०० मा प्रकाशित २५३ पाठक संख्या

काठमाडौं, साउन २७ । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा प्रतितोला ७०० रुपैयाँबले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको  थियो ।