FLASH NEWS

आईफोन संस्थापक स्टिभ जब्सकि पत्निले कृस्चियन धर्म त्यागेर अपनाईन सनातन हिन्दु धर्म


नेपाल आवाज ३ माघ २०८१, बिहीबार १९:०६ मा प्रकाशित ४२१९ पाठक संख्या

आईफोनका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सले सनातन धर्म अपनाएकी छन्।


उनले बुधबार महाकुम्भ मेलामा निरञ्जनी पीठधेश्वर स्वामी कैलाशानन्द गिरीबाट आध्यात्मिक दीक्षा लिएकी हुन्।

दीक्षा ग्रहण गर्ने क्रममा उनलाई “कमला” नाम र “अच्युतम” गोत्र दिइएको थियो।

गंगाजल छर्केर माँ कालीको गुरुमन्त्र दिइरि उनलाई आशीर्वाद पनि प्रदान गरिएको छ।

लरेन पावेल जब्सको यो कदम आध्यात्मिकता र सनातन धर्मप्रति गहिरो आस्थाको परिचायक मानिन्छ, जसले पश्चिमी संसारमा पनि सनातन धर्मको प्रभाव र आकर्षणलाई प्रकट गर्दछ।