FLASH NEWS

बंगलादेशी चलचित्र अश्लिलता र नक्कलले भरिपुर्ण, सुधार गर्न हसिनाले दिएकी थिइन ७ सय करोड


नेपाल आवाज २९ श्रावण २०८१, मंगलवार ०८:४१ मा प्रकाशित २८९ पाठक संख्या

ढाका, २९ साउन । बंगलादेशमा बिदेशी फिल्ममाथी प्रतिबन्ध लगाएको ५१ बर्ष पछि बल्ल बलिउड फिल्म रिलिज गर्न दिइएको थियो ।


 

सन १९७१ मा बिदेशी फिल्म माथी लगाइएको प्रतिबन्ध हटाउँदै गत बर्ष शाहरूख खानको ‘पठान’ रिलिज गर्न दिएर तत्कालिन हसिना सरकारले सिनेमामा उद्दार नीति लिएको थियो । बंगलादेशका ४१ थियटरमा प्रदर्शन भएको पठानले झन्डै पाँच करोढ कमाएको थियो ।

 

यसरी बिदेशी सिनेमा माथी प्रतिबन्ध हटाउनुको मुख्य कारण बंगलादेशका सिनेमा उधोग ध्वस्त हुदैँ जानु थियो । ‘अश्लिलता र नक्कल’ कारण बदनाम हुदैँ ‘ढलिउड’ सिनेमाका कारण दुइ दशकमा झन्डै १ हजार सिनेमा हल बन्द हुन पुगेका थिए भने तीनीहरूलाइ सपिङ मल र अपार्टमेन्टमा रूपान्तरण गरिएको थियो ।

 

खासमा बंगलादेशी चलचित्र उद्योगले सुरुमा सरकारबाट कुनै सहयोग पाएको थिएनन् । ब‌गलादेशको चलचित्र उद्योगलाई अनाथ भनिन्थ्यो । जसका कारण पनि ढलिउड सिनेमाले अश्लिलता र नक्कलको सहारा लिनु परेको चलचित्र विश्लेषकहरु बताउँछन् । तर, सन् १९९६ मा शेख हसिना पहिलो पटक प्रधानमन्त्री भएपछि स्थितिमा उल्लेख्य सुधार गरियो ।

 

चलचित्र क्षेत्रलाई पहिलो पटक सन् २००१ मा उद्योगको दर्जा दिइएको थियो । यससँगै बंगलादेश चलचित्र विकास निगमको पनि स्थापना भएको थियो। लामो समयदेखि सरकारले हरेक वर्ष केही चलचित्रलाई अनुदान पनि दिने गरेको छ ।

 

गत वर्ष नै शेख हसिनाले फिल्म निर्माताहरुलाई राम्रो सिनेमा बनाउनमा ध्यान दिन आग्रह गरेकी थिइन् । वास्तवमा सिनेमाको दयनीय अवस्थालाई ध्यानमा राख्दै निर्माताहरू फिल्ममा पैसा लगानी गर्न चाहँदैनन्, जसका कारण बंगलादेशमा चलचित्रको भविष्यमाथि संकट गहिरिँदै गएको अवस्था थियो ।

 

शेख हसिनाले पनि २०२२ मा देशमा सिनेमा हलको अवस्था सुधार्न र नयाँ मल्टिप्लेक्स निर्माण गर्न ७०० करोडको कोष घोषणा गरेकी थिइन्।

अश्लील चलचित्रका कारण १००0 सिनेमा हल बन्द

बंगलादेशी फिल्मलाई हलमा पोर्न फिल्मले विस्थापित गरेको छ । यसले बंगलादेशी सिनेमालाई ठूलो नोक्सान पुर्यायो, जसलाई हटाउन सन् २००३ मा अश्लील फिल्महरू विरुद्ध आन्दोलन सुरु भयो।

 

चलचित्र विकास संस्थान अगाडि कलाकारहरुले प्रदर्शन गर्न थाले । फलस्वरूप, सरकारको हस्तक्षेपले बंगलादेशी सिनेमा अन्ततः २००७ मा अश्लील चलचित्रहरूको चंगुलबाट मुक्त हुन पुगेको थियो ।