FLASH NEWS

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै


नेपाल आवाज १९ भाद्र २०८१, बुधबार १३:१५ मा प्रकाशित १२१ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।


बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।

कार्ययोजनामाथि राय राख्न नेताहरूलाई तीन मिनेटको समय छुट्याएको छ भने त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले निर्देशन जारी गरेको छ ।