FLASH NEWS

अगरबत्ती प्रयोग यति घातक ( पहिलोपटक प्रमाण सहित )


नेपाल आवाज १९ कार्तिक २०८१, सोमबार १४:२१ मा प्रकाशित ५१५५ पाठक संख्या

आजको लेख केमिकलयुक्त अगरबत्तिमा लुकाईएको रहस्यबारे रहेको छ ।

हामीले दैनिक बाल्ने अगरबत्तीबाट हामीलाई गम्भीर प्राणघातक रोगहरु लागिरहेको कुरामा हामि अब सचेत हुन जरुरि छ। 

नेपालमा चाडपर्वको अवसरमा होस् वा दैनिक पुजापाठमा अगरबत्ती बाल्ने चलन हाम्रो सनातनी परम्परा नै हो।

यो लेखमा यस परम्परालाई व्यापारीहरुले कसरि दुरुपयोग गर्दै समाजमा प्राणघातक रोग फैलाउने र रकम आर्जन गर्ने गरिरहेका छन् भन्नेबारे पाठकहरुलाई बुझाउनु रहेको छ ।

लेखक : सन्जिव न्यौपाने

यदि तपाइँ आफू जोगिन वा आफ्नो घर-परिवार र आफन्तलाई धूपको प्राणघातक असरबाट जोगाउन चाहनुहुन्छ भने यो लेख पूरा पढ्नुहोला । यो लेखलाई आफ्नो परिवार र आफन्तमाझ फैलाईदिनुहोला ।

केहि व्यक्ति पिच्छेका अनुभवहरु 

– एकदिन मलाई पुजा सक्नासाथ एक्कासि घाँटि खसखस गर्यो। त्यो दिन मेरो ज्यान मात्र गएन , झन्डै १ मिनेटसम्म मैले स्वास नै फेर्न सकिन। अहिले आएर बुझ्दा त्यतिखेर मलाई धूपको एलर्जी भएको रहेछ।

– एकदिन पुजा सक्नासाथ मलाई जिउ दुख्यो ,राति हनहनी ज्वरो आयो। भोलिपल्टबाट टन्सिल बढेर झन्डै मरेको।

– धूप बाल्यो कि मेरो आँखा पिरो हुन्छ किन होला ?

– अँ हो नि ! मलाई चाहिं खोकी लाग्ने भैहाल्छ र धूप छोएपछि छालाको एलर्जी

अब सोचौं त। यस्ता असरहरु कतै हामीलाई पनि कहिल्यै भएका छन् कि ? यी त केही सामान्य असरहरु हुन् । यी लक्षण लगायत अन्य गम्भीर लक्षणहरु अगरबत्तिबाट हुनसक्छ ।

धुपमा प्रयोग हुने केमिकलहरू र धुपको समिश्रण


तपाइँले बजारबाट किनेर ल्याउने खाद्यान्न , साबुन , स्याम्पु , अत्तर आदिको खोललाई कत्तिको ध्यान दिएर हेर्ने गर्नुभएको छ ?

प्राय सबै सामानका खोलहरुमा उक्त सामानमा प्रयोग भएका तत्वहरु उल्लेख गरिएका हुन्छन् जस्लाई कम्पोजिसन(समिश्रण) भनिन्छ। तर सिन्के धुप त्यस्ता केहि सामानहरुमध्ये एक हो जस्मा तपाइँले समिश्रण लेखिएको कतैपनि पाउनुहुन्न।

यदि धूपको खोलमा हेर्नुभएको छैन भने आजै हेर्नुहोस तर तपाइँले जति खोज्नुहोस त्यसमा तपाइँले कतै पनि धूपमा प्रयोग भएका समिश्रणहरु भेट्नुहुन्न ।

यस्तो समिश्रण नभेटिने एउटा मात्र ब्र्यान्डको धूपमा हैन बरु नाम चलेको र आफूले-आफूलाई अन्तरास्ट्रिय गुणस्तरको आइएसओ गुणस्तर प्रमाणित भन्नेहरूको खोलमा समेत यो समिश्रण चाहिँ कतैपनि भेट्नुहुन्न ।

यसरि समिश्रण उल्लेख नगरी सामान वितरण गर्नु भनेको गम्भीर त्रुटि र गम्भीर अपराध हो किनकि उपभोक्ताले आफूले के चिज प्रयोग गरिरहेको छु ? भनेर जान्ने अधिकार उपभोक्ताको हो।

यो समिश्रण सिन्के धुपमा यसकारण उल्लेख गरिँदैन किनकि त्यो समिश्रणबारे खोजि गर्नुभयो भने तपाईंको दिमाग हल्लिनेछ ।

प्राय सबैजसो सिन्के धुपमा काठको रुपमा बाँसको प्रयोग गरिन्छ । नम्बर एक कुरा त धर्मशास्त्र अनुसार शुभकार्यमा नभई अशुभ कार्यमा मात्र बाँस बाल्ने गरिन्छ। जस्तो कि, मृत्यु संस्कारमा । अब त्यही बाँस शुभ संस्कारमा बाल्दा कसरी भगवान खुशी होलान् ?

नम्बर दुई कुरा नेपालकै प्राचिन ग्रन्थ आयुर्वेद अनुसार बाँसको धुवाँ स्वास्थ्यको लागी घातक हुन्छ।

सर्वप्रथम त धूपमा प्रयोग भएको बाँस नै अनुचित देखियो ।

धेरैजसो बाँसको सिन्के धुपमा प्रयोग गरिने विषालु रसायनहरुको नाम जुन तपाइँ-हामीलाई आजसम्म अगरबत्ती कम्पनिहरुले कहिल्यै उल्लेख गरेनन , आज तिनको नाम र तिनको असर पनि पढ्नुहोस र यी रसायनहरुको नाम किन धूपको प्याकेटमा लेखिएन ?? त्यो पनि जान्नुहोस ।

DPG (Dipropylene glycol) : धूप बाल्नासाथ यदि तपाइँलाई नाक , आँखा , घाँटीमा एलर्जी हुनेगरेको छ अथवा घाँटि दुख्ने वा टन्सिल बढ्ने भएको छ भने त्यो यहि केमिकलको काम हो। यसको नियमित रुपमा प्रयोगले तपाइँलाई रिङ्गटा लाग्ने , टाउको दुख्ने र कालान्तरमा स्वास्थ्यमा ठूलो र गम्भीर समस्या देख्न सकिने हुन्छ। प्राय सबै धूपमा यस्को प्रयोग अनिवार्य रुपमा हुनेगर्छ। त्यस्ता सिन्के धूप नै नहोलान जस्मा यस्को प्रयोग नभएको होस् ।

Nitromusks : यसको नियमित संसर्गले सबैभन्दा धेरै तपाइँ-हाम्रो कलेजोलाई असर गर्नेगर्छ। कलेजोको तौल बढ्नु , कलेजोमा गम्भीर समस्या देखा पर्नु र कलेजो क्यान्सर सम्मको जोखिम यो रसायनले निम्त्याउनेगर्छ।

Aldehydes : यसको नियमित संसर्गले सबैभन्दा धेरै तपाइँ-हाम्रो फोक्सोलाई असर गर्नेगर्छ। आस्थ्मा (दम) बढ्नु , एलर्जीको लक्षण देखा पर्नु र हाछ्युं हाछ्युं आउने समस्या बढाउनु यसको मुख्य असर हो।

Hedione :  यो प्रकृतिमा पनि प्राकृतिक रुपमै पाईन्छ। नगन्य असरहरु बाहेक यो तत्वको त्यति ठूलो असर देखिंदैन।

Coumarin : रगत बाक्लो हुनेहरुको उपचारको क्रममा रगत पातलो बनाउन यो रसायन प्रयोग भएको औसधिद्वारा उपचार गरिन्छ । यसको साधरण मान्छेले प्रयोग गर्नु र नियमित यो रसायनको संसर्गमा आउनु भनेको रगत पातलो हुने लक्षणको वृद्धि आफ्नो शरीरमा गराउनु हो ।

Vanillin : यो तत्वको सकारात्मक र नकारात्मक दुवै असर मानव स्वास्थ्यमा हुनेगर्छ । विशेष गरि मान्छेको मुड र दिमागी हालतलाई यसले असर गर्छ तर यसको नराम्रो पक्ष भनेको यसले माईग्रेन, टाउको दुख्ने समस्या लगायतका समस्यामा वृद्धि गर्नेगर्छ भने अन्य न्युरोलोजिकल समस्या समेत गराउने गर्छ ।

Heliotropin : छालाको एलर्जी , दम , छाती र स्वाशनली संक्रमण , पाचन प्रणालीमा असर , आँखा पोल्ने समस्या लगायत गम्भीर स्वास्थ्य समस्याहरु यो तत्वले निम्त्याउने गर्छ ।

Citronellol : यसको यति ठूलो असर हुन्छ कि कमजोर स्वास्थ्य भएकाहरुको फोक्सो पूर्ण रुपमा निष्क्रिय गराउनेसम्मको तागत यसले राख्नेगर्छ । छालाको एलर्जी लगायत एलर्जीहरु बढाउने काम पनि यसले गर्नेगर्छ ।

Geraniol : छालाको एलर्जी लगायत समस्या यसले गराउने भएपनि थोरै मात्राको यो केमिकलको प्रयोग सुरक्षित मानिन्छ ।

Ethylene Brassylate : मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने यो तत्व मानवको लागि मात्र नभई वातावरण र वातावरणमा रहेका वनस्पति , बिरुवा , रुख र सम्पूर्ण इकोसिस्टमको लागि नै घातक छ। यसले दमको लक्षण बढाउने र सिधै मानिसको फोक्सोमा असर गर्नेगर्छ ।

Cyclopentadecanolide : यो प्रकृतिमा पनि प्राकृतिक रुपमै पाईन्छ। नगन्य असरहरु बाहेक यो तत्वको त्यति ठूलो असर देखिंदैन।

Cyclopentadecanone : नगन्य असरहरु बाहेक यो तत्वको त्यति ठूलो असर देखिंदैन।

निष्कर्ष  : न्युरो समस्याका कारण ब्रेन ट्युमर देखि एलर्जिका कारण र आस्थ्मा अट्याकका र निमोनियाँ , कलेजो तथा फोक्सोमा पर्ने असरबाट क्यान्सरको संभावना लगायतका गम्भीर असर यस्ता धूपको प्रयोगले गर्ने देखियो ।

साधारण एलर्जी , टन्सिल , रुघाखोकी , छाला र आँखाको एलर्जी लगायतका असरहरु भने हामीलाई दैनिक रुपमा नै यस्ता धूपहरुबाट परिरहेको छ ।

यसकारण प्रयोग गर्न हुँदैन सिन्के अगरबत्ती 

धर्मशास्त्र अनुसार सिन्के अगरबत्तीमा प्रयोग हुने बाँसलाई बाल्दा घरमा शुभ हैन बरु अशुभ लक्षण दिनेगर्छ। आयुर्वेदका अनुसार स्वास्थ्यमा असर गर्नेगर्छ र बिज्ञान अनुसार सिन्के धूपका रसायनहरुले माइग्रेन , ब्रेन ट्युमर , क्यान्सर , दम , निमोनियाँ लगायत अन्य आँखा , छाला र स्वाशप्रश्वास सम्वन्धि संक्रमण गराउनेगर्छ।

धर्म गरेर पूण्य लाभ लिने उद्देश्यले बालिएको अगरबत्तीले नजानिँदो रुपमा हाम्रो जीवनमाथि , परिवार , सन्तान , आफन्त ,  छिमेक र पुरा वातावरणलाई नै असर गरिरहेको हुन्छ। त्यसैले सिन्के अगरबत्तीको नियमित प्रयोग गर्नुहुँदैन।

समाधान के त ?

समाधान अत्यन्त सरल छ। हाम्रा पुर्खाले सधैं धुपौरोमा गोकुल धूप , शुद्ध कपूर र गोबरको धूपको प्रयोग गरे। त्यहि धूपमा बरु दालचिनी , ल्वाङ्ग आदि प्रयोग गरि त्यसलाई अझै बास्नादार बनाउन पनि सकिन्छ।

यो झन्झट लागेमा घरेलु बाटेको धूप पनि बजारमा पाइन्छ जसमा कुनै केमिकल प्रयोग भएको हुँदैन र त्यसले वातावरणलाई पनि नकारात्मक असर गर्दैन।

बाँस र बाँसमा भएको रसायन बालेर हामीले न त अध्यात्ममा न त भौतिक जीवनमा नै सफलता पाउन सक्छौं त्यसैले यस्ता धूपलाई सक्दो बहिस्कार गरि आफ्नै प्राकृतिक र प्राङ्गारिक धूपको प्रयोग गर्नुपर्छ।

अर्को प्रसंगबाट हेर्ने हो भने नेपाली घरेलु धूप बनाउने नेपाली किसानहरु हुन् तर सिन्के धूपको सबै रकम विदेश पुग्नेगर्छ।

विशेषगरि मारवाडीहरुको कब्जामा सिन्के धुप इण्डस्ट्रि रहेको छ। त्यसैले नेपालको पैसा नेपालमै राख्न पनि सिन्के धूपको साटो बाटेको धूप र गोकुल धूप प्रयोग गर्नेगरौं।

तपाइँलाई यो लेख share गर्न आवश्यक छ जस्तो लाग्छ भने कृपया share गरिदिनुहोला