FLASH NEWS

कुलमानको साटो आएका हितेन्द्रदेवको लोकप्रिय काम ! हट्यो औद्योगिक लोडसेडिङ्ग


नेपाल आवाज १६ चैत्र २०८१, आईतवार १५:१४ मा प्रकाशित १५१३ पाठक संख्या

काठमाडौँ । कुलमानलाई हटाएर प्राधिकरण प्रमुखमा नियुक्त भएका हितेन्द्र देव शाक्यले आउन नपाई लोकप्रिय निर्णय गर्न सफल भएका छन्। नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिको लोड व्यवस्थापन गर्दै औद्योगिक क्षेत्रका लागि लोडसेडिङ हटाएको जनाएको छ। गत चैत २ गते शनिबारदेखि भारतबाट बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म मात्रै बिजुली आयात हुने भएपछि प्राधिकरणलाई औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थापनमा समस्या आएको थियो। यस कारण औद्योगिक क्षेत्रका व्यवसायीहरूले दैनिक १२ घण्टासम्म लोडसेडिङको सामना गर्नुपरेको थियो।

उद्योगी व्यवसायीहरूले १२ घण्टा लोडसेडिङ हटाउन प्राधिकरणसँग माग गरेका थिए। त्यसपछि बिहीबारदेखि वीरगञ्ज–पथलैया र सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा लोडसेडिङ हटाइएको व्यवसायीहरूले बताएका छन्।

प्राधिकरणका अनुसार, बिहीबारदेखि लोड व्यवस्थापन गर्दै उद्योगहरूलाई बेलुका पिक आवर बाहेक कुनै समयमा विद्युत् कटौती नगर्ने निर्णय गरिएको हो। सुनसरी–मोरङ औद्योगिक करिडोरका व्यवसायीहरूले भने, “हालसम्म १२ घण्टासम्म लोडसेडिङ भैरहेको थियो, तर बिहीबारदेखि निरन्तर विद्युत् आपूर्ति भइरहेको छ।”