FLASH NEWS

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित


नेपाल आवाज २१ माघ २०७९, शनिबार ११:४२ मा प्रकाशित १७११ पाठक संख्या

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा आज भएको भेटवार्तामा सत्तारुढ दल भित्र देखिएको बिमतिलाई हल गर्ने बारेमा दुवै नेता बिच छलफल भएको छ ।


सत्तारुढ दलको मुख्य घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भागबन्डा अनुरुप गृह मन्त्रालय नदिएका सरकार छाडने दुई दिने अल्टिमेटम सकिन लागेको बेला दुई शिर्ष नेताका बिचमा भेटवार्ता भएको हो ।

रास्वपाले माग गरे बमोजिम उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमार्फत उक्त मन्त्रालयको बिबाद हल गर्नुपर्ने रास्वपाको अर्को माग रहे पनि सो बैठक बोलाउने नबोलाउने बारेमा दुवै नेताले केही जनाएका छैनन । यद्धपी, रास्वपाको सत्ता बर्हिगमनको चेतावनीलाई लिएर दुवै नेताका बिचमा गम्भिर छलफल भएको बुझिएको छ ।