FLASH NEWS

पार्किङ गरेर राखेको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद


नेपाल आवाज १६ असार २०८०, शनिबार १२:५५ मा प्रकाशित १७२९ पाठक संख्या

काठमाडौं – बाराको जितपुर सिमरा उप–महानगरपालिका–७ बाट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।


जितपुर सिमरा उप–महानगरपालिका स्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

सुराकको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गरेको थियो । असार १४ मा मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए ।

बिआर–२५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट बटन बनाएर गाँजा लोड गरेका थिए । वीरगन्ज भन्सारबाट खाली नेपालतर्फ आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

ट्रक चालक र धनीको खोजी भइरहेको एसपी बोगटीले बताए। गाँजा तस्करले सो गाँजा भारततर्फ लैजान लागेको आशङ्का गरिएको छ ।