FLASH NEWS

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक


नेपाल आवाज २० असार २०८०, बुधबार १२:०५ मा प्रकाशित १३६३ पाठक संख्या

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएकाे अभिव्यक्ति आपत्ति जनक रहेकाे भन्दै उक्त अभिव्यक्तिको विरोध गर्ने भएका छन् ।


प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको हो ।

यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक आह्वान गरेको छ । एमालेको संसदीय दलको बैठक आज (बुधबार) दिउँसो १:३० बजे सिंहदरबारमा बस्नेछ ।

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए ।

प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि आपत्ती जनाएका थिए ।