FLASH NEWS

एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल जोख्दा १५५ केजी


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार १६:०७ मा प्रकाशित १२४३ पाठक संख्या

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा नेपाल भित्रिएको सुनको तौल लिएको छ ।


राजस्व अनुसन्धान विभागले लगेको सुन जडित मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

कार्टुन प्याकसहित जोख्दा १५५ केजी निस्किएको र पछि कार्टुन, ब्रेक सु निकालेर जोख्दा सुनको परिमाण कम हुने आचार्यले बताए ।

नेपाल राष्ट्र बैंकले कार्टुन प्याकको तौल लिईसकेको र राजस्व अनुसन्धान विभागको आग्रहपछि मात्र त्यसको प्रक्रिया अघि बढ्ने आचार्यले बताए । कार्टुनमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्ने उनले बताए ।

राजस्व अनुसन्धान विभागले सुन बरामद प्रकरणमा छ जनालाई पक्राउ गरिसकेको छ ।