FLASH NEWS

धादिङको मलेखुमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार १७:४६ मा प्रकाशित ५३११ पाठक संख्या

मलेखु –  पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका– ३ मलेखु रातमाटेमा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।


काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको कोशी प्रदेश १-०२-००१ ख ८०२९ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मलेखु टिचिङ हस्पिटलमा मृत्यु भएको प्रहरी चौकी मलेखुका प्रहरी सहायक निरीक्षक (असइ) हरी नारायण प्रसाद यादवले जानकारी दिनुभयो। ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरीको नियन्त्रणमा छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा विरगंजका २५ बर्षिय कृष्ण श्रीवास्तव रहेका छन्। असइ यादवका अनुसार मोटरसाइकलको पछाडि सवार महिला बर्ष २० की अस्मिता पाठक घाइते भएकी छन् ।

घाइते महिलाको उपचारको लागि काठमाडौंको बी एण्ड बी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।