FLASH NEWS

जानकी मन्दिरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने यादव पक्राउ


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार १६:३८ मा प्रकाशित १३९९ पाठक संख्या

धनुषा – जनकपुरको जानकी मन्दिर परिसरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने एक युवक पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी १८ वर्षीय अनिरुद्र यादव रहेका छन् ।

यादवले एक युवतीसँग मन्दिरको विवाहमण्डप परिसरभित्र अश्लील हर्कत गर्दै टिकटक भिडियो पोष्ट गरेका थिए ।

भिडियोमा तीन जनाको संलग्नता रहेको पाइएकाले भिडियोमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनको टिकटकलाई लिएर सामाजिक सञ्जालमा विरोध भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।