FLASH NEWS

प्रहरीले मोबाइलमा भेट्टायो अभिनेता सारूक ताम्राकारको ‘सुसाइड नोट’


नेपाल आवाज १४ श्रावण २०८०, आईतवार १७:१६ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं –  आत्महत्या गरेका अभिनेता सारूक ताम्राकारले लेखेको सुसाइड नोट प्रहरीले फेला परेको छ ।


प्रहरीले सारूकको मोबाइलमा सुसाइड नोट फेला पारेको हो । सारूकले सुसाइड नोटमा आत्महत्याको कोही नभएको बताएका छन् ।

उनले आफ्नै कारणले आत्महत्या गरेको भन्दै कसैलाई पनि दु:ख नदिन प्रहरीलाई आग्रह गरेका छन् ।

‘इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद,’ उनले लेखेका छन् ।

उनले सुसाइड नोटमा अभिनेत्री नम्रता श्रेष्ठसहित थुप्रैको नाम उल्लेख गरेका छन् । तर, आरोप लगाएर नभइ सकारात्मक रूपमा सम्झिँदै नाम लेखेका हुन ।

उनले आत्महत्या गरेपछि अभिनेत्री नम्रता श्रेष्ठमाथि धेरैले विभिन्न तवरबाट आशंका गरेका थिए । तर सुसाइड नोटमा उनले नम्रतालाई कुनै आरोप लगाएका छैनन् ।