FLASH NEWS

सन्दिप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने


नेपाल आवाज १० फाल्गुन २०८०, बिहीबार १८:५० मा प्रकाशित १२७९ पाठक संख्या

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको मुद्दाविरुद्ध पुनरावेदन दिएसँगै उनले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । उच्च अदालत पाटनले सन्दीपले जेल बाहिर बसेर मुद्दा लड्न लिखित अनुमति दिएपछि उनी तत्काल जेल जानु नपर्ने भएको हो ।


उच्च अदालतमा केही बेरअघि मात्रै सन्दीपको पुनरावेदन दर्ता भएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार सन्दीपले यस्तो अनुमति पाएका हुन् । जसअनुसार १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिन्छ । पुनरावेदन सुन्ने अदालतका रजिस्टारले यस्तो अनुमति दिन सक्ने व्यवस्था छ ।