FLASH NEWS

सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन- महानिरीक्षक कुँवर


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार १४:१९ मा प्रकाशित ६६७ पाठक संख्या

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् ।


प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् ।

कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीबी राई रहेको आफुहरुको पनि बुझाइ रहेको बताउदै उनी मलेसियामा रहेको बताएका छन् । प्रहरीले राईलाई स्वदेश ल्याउने प्रयास आफुहरुले गरिरहेको बताए ।