FLASH NEWS

म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको रोमाञ्चक जित


नेपाल आवाज २३ चैत्र २०८०, शुक्रबार ०७:०४ मा प्रकाशित ७५१ पाठक संख्या

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।


चेल्सीको जितमा कोल पाल्मरले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टी मार्फत गोल गरेका थिए ।  पाल्मरले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत दुई गोल गरेर जिताएका थिए । त्यस्तै चेल्सीको जितमा पहिलो गोल कोनोर गल्लाघेरले गरेका थिए ।

त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि अलेजान्द्रो गार्नाचोले २ गोल गरेका थिए भने ब्रुनो फेर्नानडेजले एक गोल गरेका थिए ।यो जितपछि चेल्सीको २९ खेलमा ४३ अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३० खेलमा ४८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।