FLASH NEWS

रणविर कपुरको रामायणको सुटिङ सुरू, लिक भए सुटिङका तस्विर


नेपाल आवाज २४ चैत्र २०८०, शनिबार ०८:५८ मा प्रकाशित ७३९ पाठक संख्या

मुम्बई । नितेश तिवारीको फिल्म रामायणको छायांकन सुरु भएको छ । कलाकारहरुको सेट र लुक्ससँग सम्बन्धित तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।


रणवीर कपूर अभिनित यो फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ। लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोशाकमा देखिएका छन्।

नितिशले छिट्टै रामायणको छायांकन सुरु गर्ने खबर धेरै दिन देखि आइरहेको थियो । जसको पहिलो भागमा भगवान रामको बाल्यकालको भाग खिचिनेछ । रणवीर कपुर यस सुटिङ शेड्युलको हिस्सा नहुने बताइएको छ ।