FLASH NEWS

धादिङ चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा त्रिपाठी निर्वाचित


नेपाल आवाज २९ चैत्र २०८०, बिहीबार २२:४१ मा प्रकाशित २००५ पाठक संख्या

मलेखु – धादिङ चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः गोविन्द कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।


विहिबार धादिङको सदरमुकाम धादिङबेसीमा भएको चेम्बर अफ कमर्स धादिङको प्रथम साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको हो । नव निर्वाचित अध्यक्ष श्रेष्ठ धादिङमा चेम्वर अफ कमर्सको संस्थापक तथा तदर्थ समितिका अध्यक्ष हुन् ।

साधारणसभाबाट समितिको उपाध्यक्षमा श्रवण त्रिपाठी र सदस्यहरुमा विनोद भण्डारी, सुरेन्द्रकुमार श्रेष्ठ, अर्मत थापा, सन्दिप घिमिरे, निरञ्जन कँडेल, किस्मत अधिकारी, गकुल प्रसाद रुवाली, कुमार बहादुर बुढाथोकी, शरण कुमार श्रेष्ठ, उर्मिलादेवी कार्की र केशव प्रसाद थपलिया निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष श्रेष्ठले आर्थिक संकटले थलिएको धादिङको उद्योग व्यवसायको क्षेत्र सुधार गर्न कार्य योजना बनाएर अघि बढ्ने बताएका छन् । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्वृद्धि तथा अन्य व्यवसायिक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको पनि श्रेष्ठले बताए । मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने श्रेष्ठको भनाई छ ।