FLASH NEWS

इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्‍यो युद्द अभ्यास


नेपाल आवाज ३० चैत्र २०८०, शुक्रबार १२:१९ मा प्रकाशित १२१९ पाठक संख्या

तेहरान । गाजा पछि इजरायलले इरानको हमला सामाना गर्नु पर्ने सम्भावना बढेर गएको छ । सिरियामा रहेको इरानी दुतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारे पछि इरानले बदला लिने जनाइसकेको छ ।


इरानले इजरायल माथी हमला गरे अमेरिका चुप लागेर नबस्ने भन्दै जो वाइडेनले इजरायलको सुरक्षाका लागि ‘फलामे ढाल’ बनेर उभिने जनाइसकेका छन् । जसका कारण मध्य पुर्व एसियामा थप दन्द्द बढने सम्भावनालाइ नजर अन्दाज गर्ने अवस्था भने छैन ।

यसैबिचमा, अमेरिकी मिडियाले इरानवाट हुन सक्ने सम्भावित खतरालाइ लिएर ठूलो दाबी गर्न थालेका छन । उनीहरूका अनुसार इरानले आणविक बम बनाउने प्रयास गरिरहेको र जसका लागि तीव्र गतिमा परमाणु सामग्री अर्थात् युरेनियम जम्मा गरिरहेको बताए ।

इरानले आणविक बम बनाउने आफ्नो मनसाय नभएको बताउँदै आएको भए पनि अमेरिकी अधिकारीहरूले इरानले आणविक बम बनाउन सक्ने डर भने कायमै रहेको छ ।

इजरायल र उसको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच पहिले देखि नै तनाव छ । इजरायलले एक इरानी कमाण्डरको हत्या गरे पछि इरानले इजरायलविरुद्ध बदला लिने डर बढेको छ। वासिङ्टन पोस्टका अनुसार इरानले आफूले कुनै आणविक बम नबनाउँदै आएको बताउँदै आएको छ तर सो देशसँग पर्याप्त युरेनियम छ कि उसले त्यसबाट कम्तीमा तीनवटा परमाणु बम बनाउन सक्छ।

इरानले केही दिन वा हप्ताभित्रै यो गर्न सक्ने विश्वास गरिएको छ । उता, इरानी मिडियाका अनुसार इरानले एयरस्पेस बन्द गरेर इरानी सेना युद्धाभ्यासमा उत्रिएका छन् । जसका कारण जर्मन एयरलाइन्स लुफ्थान्सा एयरलाइन्सले बिहीबार तेहरानका लागि सबै उडानहरू स्थगित गरेको थियो । मध्यपूर्वका सबै देशहरू हाल इरानबाट हुन सक्ने आक्रमणको खतरालाई लिएर अलर्टमा रहेकाे जनाएका छन् ।

अरबी भाषामा प्रकाशित इरानी समाचार एजेन्सीको रिपोर्ट अनुसार इरानले सैन्य अभ्यास गर्नका लागि राजधानी तेहरानमाथिको आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। तर पछि इरानी मिडियाले यो रिपोर्ट हटाएको थियो।