FLASH NEWS

अमेरिकी डलरको भाउ बढ्याे


नेपाल आवाज २ बैशाख २०८१, आईतवार १०:३६ मा प्रकाशित १०२७ पाठक संख्या

काठमाडौ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।


जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ बढेको छ ।

आज अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३७ पैसाले बढेको हो । यसअघि शुक्रबार यसको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार युरो एक रुपैयाँ ८८ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ। शुक्रबार भने यसको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ १७ पैसा तोकिएको थियो ।

आज बेलायती पाउन्ड ४१ पैसाले घटेको छ । आइतबार पाउण्ड एकको खरिददर १६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा तोकिएको छ। यसअघि शुक्रबार पाउन्ड एकको खरिददर १६६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६७ रुपैयाँ २८ पैसा थियो।

त्यसैगरी आइतबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। र आइतबार क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३५ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २७ रूपैयाँ ९२ पैसा र बिक्रीदर २८ रूपैयाँ ०४ पैसा कायम गरेको छ ।

यसैगरी, आजको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ १९ र बिक्रीदर ४३४ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८० पैसा निर्धारण भएको छ।