पोखरा । पोखरा महानगरपालिका र कोटिहोम आयोजक मानव सेवा फाउन्डेसनबिचको बिवाद उत्कर्ष पुगेको बेला कोटिहोम आयोजना गराउन अन्तरिम आदेश आएको छ ।
मानव सेवा फाउण्डेसन, नेपालले उच्च अदालतमा अन्तरिम आदेशको माग गरी रिट निवेदन दिएको थियो । गत मिति २०८१ फाल्गनु महिनाको १ गतेका दिन सम्मानित उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरी कोटिहोम नरोक्नु/नरोकाउनु भनी आदेश दिएपस्चात फेरि महानगर उक्त अन्तरिम आदेश खारेजिको माग लिएर पुगेको थियो ।
मिति २०८१ फाल्गुन १९ गते पेशी चढी संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई खारेज गर्नु नपर्ने भन्दै सोही आदेशलाई निरन्तरता दिने आदेश दिएपस्चात अब कोटिहोम तोकिएकै मिति र समयमा हुने भएको छ ।