FLASH NEWS

युरोकपपछि फ्रेन्च फरवार्ड जिराउडले सन्यास लिने


नेपाल आवाज १३ जेष्ठ २०८१, आईतवार ०९:२८ मा प्रकाशित ५६५ पाठक संख्या

काठमाडौँ । फ्रान्सका फरवार्ड ओलिभर जिराउडले आगामी युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।


जिराउडले एल इनक्विपलाई दिएको अन्तर्वार्तामा युरो कप आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका हुन् । ३७ बर्षिय जिराउड फ्रान्सका लागि सर्बाधिक गोल गर्ने खेलाडी हुन् । उनले फ्रान्सका लागि १३१ खेलमा ५७ गोल गरेका छन् ।

हाल एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका जिराउड अमेरिकी लिग क्लब एलए एफसीमा जाने तयारीमा रहेका छन् ।