FLASH NEWS

पहिलो वार्म-अप खेलमा क्यानडासँग नेपाल पराजित


नेपाल आवाज १५ जेष्ठ २०८१, मंगलवार १०:५३ मा प्रकाशित ६७३ पाठक संख्या

काठमाडौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो वार्म-अप खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल ६३ रन अन्तरले पराजित भएको हो ।अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो ।


नेपालका लागि कुशल भुर्तेलले १०, आशिफ शेखले २२, कुशल मल्लले ३७ रन, अनिल साहले २४ रन बनाएका थिए । त्यस्तै क्यानडाका बलर डिलन हेलिगरले सर्बाधिक ४ विकेट लिए भने जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । कयानडाका लागि निकोलास कृतनले सर्वाधिक ५२ रन बनाए भने रविन्द्रपाल सिंह ४१ रन बनाएका थिए ।त्यस्तै नेपालका बलर अविनाश बोहराले २ विकेट लिए भने करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशी र सागर ढकालले एक एक विकेट लिए ।

अब विश्वकप अघि नेपालले दोस्रो वार्म-अप खेल मे ३० मा अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।Photo;file photo