FLASH NEWS

हान्सी फ्लिक बने बार्सिलोनाको प्रशिक्षक


नेपाल आवाज १७ जेष्ठ २०८१, बिहीबार ०९:५८ मा प्रकाशित ५७१ पाठक संख्या

काठमाडौँ । बार्सिलोनाले हान्सी फ्लिकलाई प्रशिक्षक बनाएको घोषणा गरको छ । बार्सिलोनाले जाभीलाई बर्खास्त गरेर फ्लिकलाई नयाँ प्रशिक्षक बनाएको हो ।


५९ बर्षिय जर्मनीका फ्लिकसँग बार्सिलोनाले दुई सिजन ३० जुन, २०२६ सम्मको लागि सम्झौता गरेको जानकारी दिएको छ ।

फ्लिक यस अघि बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका छन् । उनले २०२३ को सेप्टेम्बरमा जर्मनीको प्रशिक्षक पद छोडेपछि खालि रहेका थिए ।

यस अघि गत शुक्रबार बर्सिलिनाले यस सिजनमा क्लबको खराब प्रदर्शनपछि जाभीलाई बर्खास्त गरेको थियो ।