FLASH NEWS

इजरायल र प्यालेस्टाईन बिचको युद्ध तत्काललाई रोक्ने सहमति


नेपाल आवाज ३ माघ २०८१, बिहीबार ११:४६ मा प्रकाशित १४५ पाठक संख्या

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच गाजामा युद्धविराम र बन्धक मुक्तिका लागि सहमति भएको छ। बीबीसीका अनुसार, गाजामा विगत १५ महिनादेखि चलिरहेको युद्ध अन्ततः रोकिएको छ।


अमेरिकाको जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्थतामा कतरको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध रोकिएको हो। अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दबाब बढाएपछि युद्धविराम सम्झौता अन्तिम रूप लिएको हो। दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक मुक्तिका लागि सहमति जनाएका छन्।

सम्झौताअनुसार, ४८ देखि ७२ घण्टाभित्र युद्धविराम लागू हुनेछ। सम्झौतामा पहिलो चरणमा हमासले ३४ इजरायली बन्धकलाई मुक्त गर्नेछ। यस्तै, युद्धविरामको १६औं दिनमा दोस्रो र तेस्रो चरणको वार्ता सुरु हुनेछ।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरी १,१९५ नागरिकको हत्या र २५१ जनालाई बन्धक बनाएपछि यो युद्ध सुरु भएको थियो। इजरायलले त्यसको जवाफमा गाजामा निरन्तर बमबारी गरेको थियो, जसमा ४६,००० भन्दा बढी गाजावासी ज्यान गुमाइसकेका छन्।