पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको माडीमा सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै जनताको उपलब्धिको रक्षा गर्न सबैलाई सक्रिय बन्न आह्वान गरे।
संविधान, समावेशिता र संघीयताको संरक्षणलाई प्रमुख चिन्ता बनाउनुपर्ने उनको धारणा थियो ।
प्रचण्डले सदनको नियमित बैठक आयोजना गरेर विधेयक ल्याउनुपर्ने आवश्यकतामा जोड दिँदै, सदन छलेर अध्यादेश ल्याउनु उचित नहुने र यसो गर्दा संविधान र लोकतन्त्रको मर्म विपरीत काम हुने बताएका छन्।