FLASH NEWS

एमसिसि कार्यान्वयन गर्दा लप्सिफेदिका स्थानियमाथी जबर्जस्ती गरेकोप्रती राप्रपाको आपत्ती ( प्रेस विज्ञप्ति )


नेपाल आवाज ३ माघ २०८१, बिहीबार १९:२५ मा प्रकाशित १३२१ पाठक संख्या

काठमाडौ । एमसिसि सवस्टेसन निर्माणका क्रममा लप्सिफेदीको बोझेनिमा निर्माण हुन लागेको बिध्युत सवस्टेशन क्षेत्रका प्रभावित स्थानियमाथी सरकारको धरपकड, गुन्डागर्दी शैलिको व्यवहार बढेको प्रती राप्रपाले असन्तुष्टि जनाउँदै उचित संवोधन गर्नको लागि सरकारको ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ती निकालेको छ ।


यस्तो छ प्रेस विज्ञप्ती

काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ स्थित लप्सिफेदीको बोझेनीमा निर्माण हुन लागेको विद्युत सवस्टेशन क्षेत्रका प्रभावित स्थानीयले केही समयदेखि विभिन्न माग राखी प्रदर्शन गरिरहेको र प्रदर्शनका क्रममा केहीलाई पक्राऊ र प्रशासनिक धरपकड भएको घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। बस्तीको मध्य भागमा सवस्टेशन निर्माण हॅुदैगर्दा सवस्टेशनले ठूलो क्षेत्र ओगट्ने, ठूलो संख्यामा स्थानीय प्रभावित बन्नुपर्ने र वैकल्पिक स्थानमा सवस्टेशन स्थानान्तरण गरिनुपर्ने स्थानीयको मागलाई आपसी संवाद, छलफल र सहमतिका आधारमा सम्बोधन गरिनुपर्नेमा जबरजस्ती परिस्थितिलाई उत्तेजित तुल्याउने, दमन र धरपकड गर्ने कार्य गरिनु अनुचित छ।

बोझेनी प्रदर्शनका क्रममा पक्राऊ परेका १६ जना स्थानीयबासीलाई अविलम्ब र बिना शर्त रिहा गर्न, घाइते भएकाहरुको नि:शुल्क उपचार गर्न र वार्ताद्वारा समस्याको समाधान गर्न राप्रपा सरकारसंग माग गर्दछ ।

मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख

३ माघ, २०८१