FLASH NEWS

आफ्नै फिल्म हेर्दैनन् यी कलाकार


नेपाल आवाज ३० पुष २०७९, शनिबार १३:०२ मा प्रकाशित १७४१ पाठक संख्या

मुम्बई । बलिउड स्टार दर्शकले आफ्नो काम मनपराउन भनेर फिल्ममा ठूलो मेहनत गर्छन् । दर्शकले उनीहरुको फिल्म हेरेर ताली पिटिरहँदा उनीहरु भने आफ्नो फिल्म हेर्दैनन् । जसमा उनीहरुले कैयौं कारण दिएका छन् ।


शाहरुख खान: अभिनेता शाहरुख खान बलिउडमा ३० वर्ष बढी समयदेखि सक्रिय छन् । उनले यो दौरानमा कैयौं हिट फिल्म दिएका छन् । शाहरुख आफ्नो फिल्म हेर्दैनन् । ‘मेरो लागि मेरो फिल्म बच्चा जस्तै हो । म मेरी छोरी एक्स जस्तो बनुन् भनेर सोच्छु, तर उनी वाई जस्तो भइन् भने पनि उनी मेरी छोरी नै हुन् । म उसलाई त्यति नै माया गर्छु, पहिला जति गर्थें । त्यसकारण म मेरो फिल्म हेर्दिनँ । म फिल्मको सानो सानो अंशमात्र हेर्छु’, शाहरुखले भनेका छन् ।

शाहिद कपूर: अभिनेता शाहिद कपूरको अभिनयबाट जोकोही प्रभावित छन् । शाहिद पनि आफ्नो फिल्म हेर्दैनन् । ‘मेरा यस्ता कैयौं फिल्म छन्, जुन फिल्म हेरेर म आफ्नो समय खराब बनाउन चाहन्नँ । किनकी ती फिल्म मेरा लागि बनेका थिएनन् । मैले आफूले हेर्न चाहेको स्तरको मेरो फिल्म बनेको छैन, उनी भन्छन् ।

करीना कपूर: आफ्नो फिल्म नहेर्ने कलाकारमा करीना कपूर पनि पर्छिन् । ‘म आफ्नो फिल्म हेर्दिनँ । मेरो फिल्म चल्यो या चलेन भन्ने कुराले मलाई केही फरक पार्दैन’, उनी भन्छिन् ।

बोमन ईरानी: अभिनेता बोमनले बलिउडमा अलग अलग किसिमका भूमिका निर्वाह गरेका छन् । त्यसमा गम्भीरदेखि लिएर कमेडीसम्मका छन् । उनी पनि आफ्नो फिल्म हेर्दैनन् । ‘म आफ्नो बारेमा गम्भीर छु । म आफूलाई पर्दामा हेर्न सक्दिनँ । मैले आफैंलाई पर्दामा हेरें भने म आफ्नो कैयौं कमजोरी पत्ता लगाउन सक्छु’, उनले भनेका छन् ।

सैफ अली खान: अभिनेता सैफ अली खान सकारात्मक र नकारात्मक चरित्रका कारण बलिउडमा चिनिन्छन् । उनले आफू केही फिल्मबाहेक आफू अभिनित अन्य फिल्म नहेर्ने गरेको बताउँछन् । ‘म कहिलेकाँही कोही अभिनेता कति हेण्डसम छ वा कोई स्टार कसरी नृत्य गर्छ भनेर मात्र फिल्म हेर्छु’, उनी भन्छन् ।